मोरङमा १० लाख नगदसहित जुवाडे पक्राउ
शनिबार, १७ कात्तिक २०८१, ११ : १४

काठमाडौँ । मोरङमा १० जना जुवाडे पक्राउ परेका छन् । शुक्रबार राति विराटनगर महानगरपालिका ११ स्थित संगम पार्टी प्यालेसबाट १० जना जुवाडे पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता वेदप्रकाश जोशीका अनुसार स्थानीय ६१ वर्षीय राजन कँडेलसहित १० जना पक्राउ परेका छन् ।
उनीहरुबाट दश लाख, ६ हजार ९ सय पन्चानब्बे र पाँच बुक तास समेत बरामद गरिएको उनले बताएका छन् । पार्टी प्यालेस सञ्चालक ५९ वर्षीय पदम श्रेष्ठ समेतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साढे ३ करोडमा पोखरा-२६ को वडा कार्यालय बन्ने
-
रामेछापमा दम्पतीलाई निर्घात कुटपिट गरेर लुटेको आरोपमा एक जना पक्राउ
-
अख्तियार कार्यालयमा रौतहटको स्थानीय तहसम्बन्धी धेरै उजुरी
-
ट्र्याक खुलेको दुई दशकपछि गलकोट–ताराखोला सडक कालोपत्र
-
लुम्बिनी सरकारको वैशाख मसान्तसम्मको खर्च ४६ प्रतिशत, कुन मन्त्रालयको कति ?
-
शेख हसिनाको ‘अवैध सम्पत्ति’ बारे अनुसन्धान सुरु