नेपाल संवत् ११४५ का अवसरमा हेटौँडामा र्यालीको आयोजना (तस्बिरहरू)
हेटौँडा । नेपाल संवत् ११४५ को अवसरमा बागमती प्रदेशको राजधानी हेटौँडामा पनि विभिन्न कार्यक्रमको आयोजना गरी शुभकामना आदान प्रदान गरिएको छ । शनिवार बिहानै हेटौँडा बजारमा प्रभात फेरी तथा र्यालीको आयोजना गर्दै शुभकामना साटासाट गरिएको हो ।
हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० स्थित बुद्धचोकबाट सुरु भएको र्याली पिपलबोट, संगमचोक, कान्तिराजपथ, स्कूलरोड, बसपार्क हुँदै पुनः बुद्धचोकमा पुगेर सभामा परिणत भएको थियो । नेवारी बाजागाजा र झाँकीसहित निस्केको ¥यालीले बजार परिक्रमा गरेको हो ।
र्यालीमा मौलिक पोसाकमा सजिएका नेवार समुदायसँगै अन्य समुदायका मानिसहरूको समेत सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद एकालाल श्रेष्ठले नेपालीहरूको मौलिक संस्कृति र परम्पराको जगेर्ना गर्न सबै एकजुट हुनुपर्ने बताए । नेपाल संवत् नेपालीहरूको मौलिक संवत् भएको र यसको संरक्षण र जगेर्ना गर्न सबै समुदाय एक ठाउँमा उभिनुपर्ने उनको भनाई थियो ।
यस्तै नेपाल संवतको अवसरमा ज्वजलपा नेवाः पुच हेटौँडा उपमहानगरपालिका–९ ले पनि शुभकामना आदान प्रदान तथा मोटरसाइकल र्यालीको आयोजना गरेको छ । पुचका अध्यक्ष गणेशलाल श्रेष्ठको सभाध्यक्षता एवं हेटौँडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँको प्रमुख आतित्थ्यतामा कार्यक्रम भएको हो ।
औद्योगिक क्षेत्रस्थित फुटबल चौरबाट निस्केको र्यालीले वडाको विभिन्न भाग तथा बजार परिक्रमा गरेको कार्यक्रम संयोजक अमित श्रेष्ठले जानकार दिए । राष्ट्रिय विभूति शंखधर साख्वाले वि।सं।९३७ अर्थात् सन् ८८० मा गरिबहरूको ऋणमोचन गरी नेपाल संवत् सुरु गरेको अवसरमा हेटौँडामा पनि प्रभात फेरी तथा मोटरसाइकल र्यालीको आयोजना गरी नेपाल संवतको अवसरमा शुभकामना आदान–प्रदान गरिएको हो ।
नेवारी समुदायको बाक्लो र पुरानो बस्ती रहेको हेटौँडामा पनि केही वर्षदेखि नियमित नेपाल संवतको अवसरमा विविध कार्यक्रमको आयोजना हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेरुजु फर्स्यौट समितिका अध्यक्ष मैनालीले सम्हाले पदभार
-
एकीकृत समाजवादीको संगठन विभागमा ३ नेताको हानथाप
-
सवारी चालक अनुमति पत्रमा बायोमेट्रिक बाहेकका विवरण प्रदेशस्तरमा सच्याउन पाइने
-
प्रतिनिधिसभाको अधिवेशन आह्वान नगरे विशेष अधिवेशनको माग गर्छौँ : प्रचण्ड
-
म्याद थपको समय घटाउने विभागको निर्णयमा उच्च अदालतको ‘ब्रेक’
-
दार्जिलिङमा चलचित्र ‘बम बहादुर’ को प्रिमियर