बायर्नको जितमा केनको दुई गोल
म्युनिख । इंग्ल्याण्डका कप्तान ह्यारी केनको दुई गोलको मद्दतले बायर्न म्युनिखले बुन्डेस लिगामा युनियन बर्लिनमाथि सहज जित हात पारेको छ । शनिबार भएको खेलमा बायर्न ३–० गोलले विजयी बनेको हो ।
माइकल ओलिसीलाई फल हानेपछि बायर्नले सुरुवातमा नै पेनाल्टी पायो । ३१ वर्षीय खेलाडीले खेलको १५ औँ मिनेटमा टोलीलाई अग्रता दिलाए । पहिलो हाफको अन्त्यतिर उनले किंग्सले कोमानका लागि गोलको अवसर सिर्जना गरे ।
दोस्रो हाफको ५१ औँ मिनेटमा कोमानको पासमा केनले व्यक्तिगत दोस्रो गोल गरे । लिगमा यो सिजन उनले ११ गोल गर्दै शीर्ष स्थानमा रहेका छन् । बायर्नका लागि उनले यो सिजन सबै प्रतियोगिताका १४ खेलमा १७ गोल र ८ एसिस्ट गरेका छन् ।
लिगमा लगातार तेस्रो जितसहित भिन्सेन्ट कोम्पानीको टोली शीर्ष स्थानमा रहेको छ । ९ खेलबाट बायर्नले २३ अङ्क बटुलेको छ । युनियन बर्लिन भने १५ अङ्कसहित सातौँ स्थानमा छ ।
शनिबार नै भएका अन्य खेलमा बोरुसिया डर्टमण्डले आरबी लेइपजिगलाई २–१ गोलले पराजित गर्यो । एइनट्राक्ट फ्रांकफर्टले बोचुमलाई ७–२ को विशाल अन्तरले हरायो । वुल्फस्बर्गले भने अग्सबर्गसँग १–१ को बराबरी खेल्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थान कब्जा गर्ने नेपालको दाउ
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण