मुख्यमन्त्री कार्कीद्वारा बहिनीहरूबाट भाइटीका ग्रहण
आइतबार, १८ कात्तिक २०८१, १२ : ५७
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज शुभसाइतमा बहिनीहरूबाट भाइटीका ग्रहण गरेका छन् । झापा गौरदह तीनस्थिति निवासमा बहिनीहरूबाट उनले टीका ग्रहण गरेका हुन् ।
बहिनी सुशीला कार्की र पार्बता थापाबाट दाजु दीपक कार्कीसँगै मुख्यमन्त्री कार्कीले टीका ग्रहण गरेका थिए । मुख्यमन्त्री कार्कीका पाँच जना दिदीबहिनी छन् ।
मुख्यमन्त्री कार्कीले टीका ग्रहणसँगै नेपालीहरूको मौलिक पर्वले एक आपसमा भावनात्मक एकता बढाउने बताए । नेपालीहरूको संस्कृति, परम्परा र चाडपर्वले पहिचानलाई स्थापित गर्ने बताउँदै उनले यस्ता संस्कृति, परम्परा र चाडपर्वको संरक्षण गर्नु सबै दायित्व भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण