मुख्यमन्त्री कार्कीद्वारा बहिनीहरूबाट भाइटीका ग्रहण
आइतबार, १८ कात्तिक २०८१, १२ : ५७

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज शुभसाइतमा बहिनीहरूबाट भाइटीका ग्रहण गरेका छन् । झापा गौरदह तीनस्थिति निवासमा बहिनीहरूबाट उनले टीका ग्रहण गरेका हुन् ।
बहिनी सुशीला कार्की र पार्बता थापाबाट दाजु दीपक कार्कीसँगै मुख्यमन्त्री कार्कीले टीका ग्रहण गरेका थिए । मुख्यमन्त्री कार्कीका पाँच जना दिदीबहिनी छन् ।
मुख्यमन्त्री कार्कीले टीका ग्रहणसँगै नेपालीहरूको मौलिक पर्वले एक आपसमा भावनात्मक एकता बढाउने बताए । नेपालीहरूको संस्कृति, परम्परा र चाडपर्वले पहिचानलाई स्थापित गर्ने बताउँदै उनले यस्ता संस्कृति, परम्परा र चाडपर्वको संरक्षण गर्नु सबै दायित्व भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाजामा भोकले बेहाल भएकाहरूले राहत सामग्री बोकेका ट्रकहरूलाई घेरे
-
रुसमा पुल भत्किएर रेल्वे ट्र्याकमा खस्दा ७ जनाको मृत्यु
-
'जन्ते बाख्रो साँझ'मा महेश र अस्मिताले नचाए दर्शक
-
अमेरिकाले इरानलाई पठायो आणविक सम्झौताको प्रस्ताव
-
सुनचाँदीकै मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
नेवार समुदायले इनार, पोखरी र ढुंगेधारा सफा गरी मनाए सिथि नखः पर्व (तस्बिरहरू)