अर्को वर्षसम्म पनि तेलको मूल्य नबढ्ने !
काठमाडौं । मध्यपूर्वमा जारी तनावबीच आगामी वर्षसम्म पनि कच्चा तेलको मूल्य नबढ्ने देखिएको छ । अहिले इरान र इजरायलबीच भइरहेका आक्रमणहरु इरानको इन्धन खानीतिर केन्द्रित नभए आगामी वर्षसम्म पनि कच्चा तेलको मूल्य अमेरिकी डलर ७५–८० हाराहारीमै कायम रहने एउटा रिपोर्टमा उल्लेख गरिएको छ ।
अहिले ब्रेन्ट कच्चा तेल अमेरिकी डलर ७४ मा कारोबार भइरहेको छ ।‘एमके वेल्थ म्यानेजमेन्ट लिमिटेड’को रिपोर्ट अनुसार अगामी वर्ष यसले यही हाराहारीको मूल्यलाई निरन्तरता दिनेछ । बजारका अन्य आधारभूत तत्वहरूले कच्चा तेलको मूल्य कमजोर अवस्थामै राख्ने देखिएको भन्दै विशेष परिस्थितिमा मात्रै तेलको मूल्य बढ्ने रिपोर्टमा उल्लेख गरिएको छ ।
इनारमाथि अमेरिकाको नाकाबन्दी कायमै रहेको अवस्थामा भएको कारणले पनि इरानको पछिल्लो कदमपछि तेलको मूल्यमा दबाब नदेखिएको रिपोर्टमा उल्लेख छ । इजरायल अहिलेसम्म इरानको तेल खानी भएको क्षेत्रमा आक्रमण गरेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण