अर्को वर्षसम्म पनि तेलको मूल्य नबढ्ने !

काठमाडौं । मध्यपूर्वमा जारी तनावबीच आगामी वर्षसम्म पनि कच्चा तेलको मूल्य नबढ्ने देखिएको छ । अहिले इरान र इजरायलबीच भइरहेका आक्रमणहरु इरानको इन्धन खानीतिर केन्द्रित नभए आगामी वर्षसम्म पनि कच्चा तेलको मूल्य अमेरिकी डलर ७५–८० हाराहारीमै कायम रहने एउटा रिपोर्टमा उल्लेख गरिएको छ ।
अहिले ब्रेन्ट कच्चा तेल अमेरिकी डलर ७४ मा कारोबार भइरहेको छ ।‘एमके वेल्थ म्यानेजमेन्ट लिमिटेड’को रिपोर्ट अनुसार अगामी वर्ष यसले यही हाराहारीको मूल्यलाई निरन्तरता दिनेछ । बजारका अन्य आधारभूत तत्वहरूले कच्चा तेलको मूल्य कमजोर अवस्थामै राख्ने देखिएको भन्दै विशेष परिस्थितिमा मात्रै तेलको मूल्य बढ्ने रिपोर्टमा उल्लेख गरिएको छ ।
इनारमाथि अमेरिकाको नाकाबन्दी कायमै रहेको अवस्थामा भएको कारणले पनि इरानको पछिल्लो कदमपछि तेलको मूल्यमा दबाब नदेखिएको रिपोर्टमा उल्लेख छ । इजरायल अहिलेसम्म इरानको तेल खानी भएको क्षेत्रमा आक्रमण गरेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन्डरल्यान्ड वाटरपार्कमा तोडफोड
-
पछिल्लो २४ घण्टामा विपद् : चारको मृत्यु, अट्ठाइस घाइते
-
रोटरी ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट पत्रकार कोइराला पुरस्कृत
-
दुई मन्त्रीको गुटबन्दीको घेरामा लमजुङ तरुण दल, अधिवेशन बन्यो रणमैदान
-
क्होंलासोंथरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रक्रिया थाल्ने निर्णय
-
१० बजे १० समाचार : कांग्रेस बैठकमा सरकारको आलोचना, बल्खुबाट ओलीको कटाक्ष