सर्लाहीमा पोखरीमा डुबेको कार सशस्त्रले निकाल्यो
मङ्गलबार, २० कात्तिक २०८१, १० : २८
काठमाडौँ । सर्लाहीको ईश्वरपुर नगरपालिका–२ स्थित मियाखोरमा डुबेको कार सशस्त्र प्रहरीका गोताखोरले निकालेका छन् ।
पोखरीबाट लु.२ च ६७५८ नम्बरको कार निकालिएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताए । उनले भने, ‘९ बजेर ४५ मिनेटमा पोखरीबाट कार निकालिएको छ ।’
कार दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । बयलबासबाट महोत्तरीको गौशाला जाँदै गरेको कार दुर्घटना हुँदा मृत्यु हुनेमा चालक सुरेश महतो र कारमा सवार रामाकान्त ठाकुर छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण