चार महिनामा एक हजार तीन सय किलो गाँजा बरामद
मङ्गलबार, २० कात्तिक २०८१, १३ : १६
सुनसरी । सशस्त्र प्रहरी–४ नम्बर गणले चालु आर्थिक वर्षको चार महिनामा एक हजार तीन सय किलो गाँजा बरामद गरेको छ ।
सशस्त्र प्रहरी सुनसरीले सुरु गरेको लागुऔषध नियन्त्रण अभियान अन्तर्गत उक्त परिमाणमा गाँजा बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक समेनन्द बज्राचार्यले जानकारी दिए । खुला सीमाको प्रयोग गरेर भारतीय बजार तर्फ लगिरहेका बेला सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीले गोप्य सूचनाको आधारमा गाँजा बरामद गरेको उनले बताए ।
सोही अवधिमा ब्राउन सुगर ९१ दशमलव ७९ ग्राम, ट्रमानील १८ हजार ४ सय ५० पीस बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको । बरामद गाँजा तथा लागुऔषध नेपाल प्रहरीलाई आवश्यक कारबाहीका लागि बुझाइएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण