सादा पोसाकका प्रहरीमाथि रास्वपाका कार्यकर्ताको हातपात
मङ्गलबार, २० कात्तिक २०८१, १४ : ३४
कास्की । पोखरामा रास्वपाका सभापति रवि लामिछानेको समर्थनमा भएको प्रदर्शनका क्रममा एक जना प्रहरीमाथि हातपात भएको छ ।
मंगलबार दिउँसो पोखरास्थित वाई चोकमा सादा पोसाकमा खटिएका प्रहरीमाथि रास्वपाका कार्यकर्ताहरूले हातपात गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाउको छ ।
निषेधित क्षेत्र नजिक भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीले उनीमाथि कुटपिट भएसँगै त्यहीँ खटिएका सहकर्मी प्रहरीले उद्धार गरेका थिए । उनीमाथि मुक्का प्रहार हुन थालेपछि प्रहरीले उद्धार गरेको जनाइएको छ ।
प्रहरीले कुटपिट भएका आफ्नो कर्मचारीको परिचय खुलाएको छैन।
रास्वपाका सभापति रवि लामिछानेको आज म्याद थपबारे निर्णय हुने भएपछि बिहानैदेखि समर्थकहरूले पोखरामा प्रदर्शन गरेका छन् । लामिछाने कात्तिक २ मा सहकारी ठगीबारेको अनुसन्धानका लागि काठमाडौँबाट पक्राउ परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण