अमेरिकामा ट्रम्पले जित्दा विश्व सेयर बजारमा उत्साह, चीन र मध्यपूर्वमा निराशा
काठमाडौँ । संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित हुँदा विश्वका विभिन्न देशका स्टक मार्केटहरूले फरक फरक प्रतिक्रिया देखाएका छन् । विश्वमा सबैभन्दा चर्चित रहेका स्टक बजारदेखि रणनीतिक रूपमा महत्त्वपूर्ण रहेका बजारसम्मले फरक फरक प्रतिक्रिया देखाएका हुन् ।
खासगरी अमेरिका, युरोपदेखि रसिया र भारतीय स्टक मार्केटमा यसको सकारात्मक प्रतिक्रिया देखिँदा चीन र मध्यपूर्वका देशहरूको बजार भने घटेका छन् । विश्वकै सबैभन्दा ठुलो स्टक एक्सचेन्ज मानिने अमेरिकी स्टक बजार न्यूयोर्क स्टक एक्सचेन्ज आज बढेको छ । यो समाचार तयार पार्दासम्म उक्त स्टक एक्सचेञ्ज परिसूचक १.३५ प्रतिशतले बढेको हो ।
अमेरिकाकै डाउ जोर इन्डष्ट्रियल एभरेज २.४२ प्रतिशतले बढेको छ । त्यस्तै एसपी ५०० परिसूचक १.२३ प्रतिशत तथा नास्वाक कम्पोजिट परिसूचक १.४२ प्रतिशतले बढेको छ ।
युरोपको सबैभन्दा ठुलो स्टक एक्सचेन्ज एफटीएसई १०० इन्डेक्सले बजार खुल्ने बित्तिकै सकारात्मक बाटो लिएको छ । यो परिसूचक १.४६ प्रतिशतले बढेको हो । त्यस्तै, फ्रान्सको सीएसी ४० इन्डेक्स १.६६ प्रतिशतले बढेको छ । जर्मनीको डीएएक्स इन्डेक्स १.१६ प्रतिशतले बढेको छ ।
चीनको सबैभन्दा ठुलो स्टक एक्सचेन्ज सांघाई स्टक एक्सचेन्जको एसएसई कम्पोजिट परिसूचक भने ०.०९ प्रतिशतले घटेको छ । त्यस्तै, हङकङ स्टक एक्सचेन्जको हाङसेन परिसूचक २.२८ प्रतिशतले घटेको छ । थाइल्यान्ड र दक्षिण कोरियाका परिसूचक पनि आज सामान्य घटेका छन् ।
रुसमा भने सबैजसो स्टक एक्सचेन्ज बजारहरु उच्च दरमा बढेका छन् । रुसको सबैभन्दा ठुलो स्टक एक्सचेन्ज मस्को स्टक एक्सचेञ्जको आईएमओईएक्स परिसूचक ३.२७ अङ्कले बढेको छ । उता भारतको सबैभन्दा ठुलो स्टक मार्केट कम्पनी बम्बई स्टक एक्सचेन्जको १.१७ तथा अर्को स्टक कम्पनी निफ्टी ५० परिसूचक १.१७ अङ्कले बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण