राष्ट्रपति पौडेलले समकक्षी ट्रम्पलाई दिए बधाई
बुधबार, २१ कात्तिक २०८१, १७ : ०८
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएकोमा डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् ।
राष्ट्रपतिको आधिकारिक ट्विटर मार्फत पौडेलले अमेरिकाको राष्ट्रपतिका रूपमा ट्रम्पको दोस्रो कार्यकालको पूर्ण सफलताको कामना गर्दै यस अवधिमा नेपाल–अमेरिकाबिचको सम्बन्ध अझ बलियो हुने विश्वास पनि लिएका छन् ।
राष्ट्रपति पौडेलले ट्रम्पको नेतृत्वमा विश्व शान्ति कायम होस् भन्ने सन्देश पनि दिएको राष्ट्रपतिका प्रेस विज्ञ किरण पोखरेलले बताए । अमेरिकाको राष्ट्रपतिका लागि मङ्गलवार निर्वाचनको नतिजा बुधवार सार्वजनिक भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थानमा उक्लने नेपालको दाउ
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण