नेपालले थाइल्यान्डलाई दियो १०३ रनको लक्ष्य
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी आईसीसी यू–१९ महिला विश्वकपअन्तर्गत एसियाली क्षेत्रको छनोट प्रतियोगिताको आफ्नो पहिलो खेलमा बुधबार नेपालले थाइल्यान्डलाई जितका लागि एक सय तीन रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाली टोलीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय दुई बनाएको हो । नेपालका लागि कप्तान पुजा महतोले ३५ रनको योगदान गरिन् । सोनी पाख्रिनले पनि १९ रन बनाइन् ।
नेपाली टोलीका लागि समाना केसीले पनि अविजित १९ रनको योगदान गरिन् । एसियाली क्षेत्रको छनोट प्रतियोगितामा नेपाल र थाइल्यान्डका अतिरिक्त आयोजक यूएई र कुवेत पनि सहभागी छन् ।
नेपालले दोस्रो खेल बिहीबार कुवेतसँग खेल्नेछ । प्रतियोगितामा सहभागी चारवटै टोलीले एक–अर्कासँग दुई–दुई खेल खेल्नेछन् । अंक तालिकाको पहिलो स्थानमा रहने टोली विश्वकपमा छनोट हुनेछ । यू–१९ महिला विश्वकप सन् २०२५ मा मलेसियामा आयोजना हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण