‘नेपाली खानालाई विश्वमाझ फैलाउन आवश्यक’
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले नेपाली खानालाई विश्वमाझ फैलाउन आवश्यक भएको बताएका छन् । यसका लागि नेपाली सेफ्सले महत्वपूर्ण भूमिका खेलेको उनले उल्लेख गरे ।
सेफ्स एशोसिएसन अफ नेपालको २९ औँ वार्षिक साधारणसभाका अवसरमा आज यहाँ आयोजित ‘नेपाली मौलिक खानाको प्रदर्शन कार्यक्रममा राज्यमन्त्री चौधरीले नेपाली सेफ्सले विश्वमाझ नेपाली खाना चिनाउन खेलेको भूमिका सराहनीय रहेको बताए ।
“नेपाली संस्कृति, पहिचान र मौलिक खानाको विदेशसम्म प्रदर्शन गर्न नेपाली सेफ्सको भूमिको राज्यले कदर गर्नुपर्छ, सरकार यस विषयमा गम्भीर बन्छ”, उनले भने ।
कार्यक्रममा सेफ्स एशोसिएसन अफ नेपालका अध्यक्ष रेशमबहादुर लामाले नेपाली सेफ्सको हकअधिकार र नेपाली खानाको अन्तर्राष्ट्रियस्तरसम्म प्रवद्र्धन गर्न एशोसिएसनले काम गरिरहेको बताए । विसं २०५३ मा स्थापना भएको एशोसिएसनले ‘वल्र्ड सेफ्स सोसाइटी’मा आबद्ध भई नेपाली खानाको विदेशसम्म प्रचारप्रसार गर्दै आएको उनको भनाइ थियो ।
कार्यक्रममा सेफ्स एशोसिएसन अफ नेपालका पूर्वअध्यक्षहरु र २५ वर्ष निरन्तर सेफ्स पेसामा कार्यरत वरिष्ठ सेफ्सहरुलाई सम्मान गरिएको थियो । सो अवसरमा विभिन्न जातजातिका खानासमेत प्रदर्शन गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण