सर्वोच्च भवनमा भ्रष्टाचारबारे निरौला : मैले निर्णय नै गरेको होइन, थाहा छैन
शुक्रबार, २३ कात्तिक २०८१, १३ : १९
काठमाडौँ । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश नृपध्वज निरौलाले सर्वोच्च अदालतको नयाँ भवन निर्माणमा अनियमितता भएको आरोपमा आफ्नो संलग्नता अस्वीकार गरेका छन् । शुक्रबार सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको बैठकमा सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिँदै उनले सो भवन निर्माण प्रक्रियामा आफ्नो कुनै भूमिका नरहेको दाबी गरे ।
उनले भने, ‘सर्वोच्च अदालतको भवन निर्माण सम्बन्धी विषयमा मैले निर्णय नै गरेको होइन, त्यसबारे पनि उजुरी परेको रहेछ । त्यस्तो उजुरी कसरी परेको हो ।’
यस्तै उनले आफू सर्वोच्च प्रशासनमा रहेका बेला बेरुजु फर्छ्यौट धेरै गरेका कारण पुरस्कृत नै भएको बताए । यस्तै न्यायालयमा अधिक न्यायिक सक्रियता र अधिक न्यायिक निरीहता दुवै घातक रहेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण