रुसबाट ५६३ युक्रेनी सैनिकको शव फिर्ता
शुक्रबार, २३ कात्तिक २०८१, २२ : ००

कीभ । युक्रेनले शुक्रबार रूसी अधिकारीहरूबाट ५६३ सैनिकहरूको शव प्राप्त गरेको बताएको छ । यसमा मुख्य रूपमा पूर्वी डोनेट्स्क क्षेत्रमा लडाइँमा मारिएका थिए ।
सन् २०२२ मा रुसको आक्रमणपछि मस्को र कीभबीचको सहयोगका केही क्षेत्रहरूमध्ये कैदी र मारिएका सैनिकहरूको शवको आदानप्रदान एउटा हो ।
“पाँच सय ६३ युक्रेनी डिफेन्डरहरूको शव युक्रेनमा फिर्ता गरियो,” युद्ध कैदीहरूको उपचारको लागि समन्वय मुख्यालयले सोशल मिडियामा एक विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।
साथै, रुसी शवगृहबाट थप १५४ शव फिर्ता गरिएको विज्ञप्तिमा उल्लेख छ । रुस र युक्रेनले यस लडाईमा कति सैनिक मारिएका छन् भन्ने सार्वजनिक रूपमा खुलासा गरेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उदयपुरमा खोलाले बस बगायो, मानवीय क्षति भने भएन
-
बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा १७ जनाविरुद्ध मुद्दा चलाइने
-
“स्थानीय तहको न्याय प्रणालीमा राजनीतिक हस्तक्षेप बढ्याे”
-
कांग्रेस-एमाले गठबन्धनमा समस्या छैन : देउवा
-
शिक्षकसँग सरकारको सहमति : निजामती अस्पतालले शिक्षकलाई सहुलियत दिन सक्छ ?
-
‘ऊनको स्वीटर’ लाई युनिभर्सल सर्टिफिकेट