नागार्जुनबाट सशस्त्रका पूर्व एसपीसहित १० जना जुवाडे पक्राउ
शनिबार, २४ कात्तिक २०८१, २१ : १०

काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका–६ स्थित सिगारेपाटीबाट प्रहरीले १० जना जुवाडेहरुलाई पक्राउ गरेको छ । जुवा खालबाट सशस्त्र प्रहरी बलका पूर्व एसपी नागार्जुन–६ घर भएका ५७ वर्षीय राजु पाण्डे पनि पक्राउ परेका छन् ।
प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले जुवा खालबाट ७९ हजार नगद बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए । आरोपीहरू स्थानीय दीपक कार्कीको घरमा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा ५५ वर्षीय विजय कार्की, ६० वर्षीय विक्रम तामाङ, ३८ वर्षीय सोम लामा, ४५ वर्षीय विशेष सापकोटा र चन्द्रागिरि नगरपालिका घर भएका रामसिंह तामाङसहित १० जना छन् । घटनास्थलबाट प्रहरीले ५ बुक तास बरामद गरेको छ । आरोपीहरूलाई प्रहरी वृत्त स्वयम्भूमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अख्तियार कार्यालयमा रौतहटको स्थानीय तहसम्बन्धी धेरै उजुरी
-
ट्र्याक खुलेको दुई दशकपछि गलकोट–ताराखोला सडक कालोपत्र
-
लुम्बिनी सरकारको वैशाख मसान्तसम्मको खर्च ४६ प्रतिशत, कुन मन्त्रालयको कति ?
-
शेख हसिनाको ‘अवैध सम्पत्ति’ बारे अनुसन्धान सुरु
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
परीक्षणमै सीमित बागलुङमा प्याराग्लाइडिङ