६ जेनेरेशनको ओएस अपग्रेड र सुरक्षा अपडेटको साथ लन्च भयो सामसङ ग्यालेक्सी ए१६
काठमाडौँ । ६ जेनेरेशनको ओएस अपग्रेड र सुरक्षा अपडेटको साथसामसङ ग्यालेक्सी ए१६ ५जी लन्च भएको छ । जसमा प्रिमियम ग्यालेक्सी ए–सिरीज डिजाइन, आईपी५४ रेटिङ, मिडियाटेक प्रोसेसर र ट्रिपल क्यामेरा सिस्टम समेटिएको छ ।
सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले भने, “आफ्नो सेग्मेन्टमा ६ पुस्ताको ओएस अपग्रेड र ६ वर्षको सुरक्षा अपडेटहरू उपलब्ध गराएर ग्यालेक्सी ए१६ ५जीले भ्याल्यु प्रपोजिसनलाई पुनः परिभाषित गर्न प्रयोगकर्ताहरूलाई लामो समयसम्म नवीनतम सुविधाहरूको आनन्द लिन सक्षम बनाउँदै मिड–रेन्ज स्मार्टफोनहरूमा अतुलनीय अनुभव प्रदान गर्न तयार छ ।’
कालो, हल्का हरियो र सुनौला रङ्गमा उपलब्ध, ग्यालेक्सी ए१६ ५जीको ६/१२८ जीबी भेरियन्टको मूल्य रु. २८,९९९, ८/१२८ जीबी भेरियन्टको रु. ३०,९९९ र ८/२५६ जीबी भेरियन्टको रु. ३४,९९९ मूल्य रहेको छ । यो फोन १२ नोभेम्बर २०२४ देखि बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण