लाल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने, सोमबार १२ बजेभित्र उद्योगमा काटिएको विद्युत् जोडिने
काठमाडौँ । सरकारले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्दै कार्यान्वयनमा लैजाने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले विद्युत् बक्यौतासम्बन्धी सुझाव दिन गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्दै कार्यान्वयनमा लैजाने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार प्रतिवेदन कार्यान्वयनका लागि ऊर्जा मन्त्रालयलाई बैठकले निर्देशन दिएको छ ।
त्यस्तै भोलि (सोमबार) १२ बजेभित्र उद्योगीका काटिएका लाइन जडान गर्न पनि मन्त्रालयमार्फत विद्युत् प्राधिकरणलाई निर्देशन दिने सरकारले निर्णय गरेको छ । साथै १५ दिनभित्र बक्यौता टीओडी मिटर बमोजिम असुल गर्ने निर्णय समेत भएको छ ।
यसबाहेक सिंहदरबार लगायतका स्थानमा थुप्रिएका पुराना गाडी मर्मत हुने मर्मत गरेर चलाउने र चलाउन नमिल्ने टेण्डरमार्फत बिक्री गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।
सरकारले डेडिकेटेड र ट्रंक लाइन विद्युत् महसुल विवाद सम्बन्धमा पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा आयोग गठन गरेको थियो । आयोगले गत २३ वैशाखमा मन्त्रालयलाई प्रतिवेदन बुझाएपनि प्रतिवेदन गोप्य राखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
ब्राउनले थपे पाचौँ गोल
-
इप्पानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
फिफा विश्वकप २०२६ः जमर्नीलाई ५–१ को अग्रता
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण