उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली स्वीकृत, ३९ हजार मतदाता थपिए
काठमाडौँ । निर्वाचन आयोगले मङ्सिर १६ गतेका लागि तय भएको स्थानीय तह उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली स्वीकृत गरेको छ । जसअनुसार अद्यावधिक विवरणअनुसार देशभर कुल ३९ हजार ८४९ मतदाता थप भएका छन् ।
यस्तै उपनिर्वाचन हुने स्थानीय तहमा महिला मतदाता १ लाख ११ हजार ८९६, पुरुष मतदाता १ लाख १४ हजार ९०० र अन्य मतदाता ३ गरी कूल मतदाता २ लाख २६ हजार ७९९ मतदाता कायम भएका छन् ।
ती मतदाताका लागि १६२ मतदान स्थल र २९३ मतदान केन्द्र स्वीकृत भएको आयोगका प्रवक्ता नारायण प्रसाद सापकोटाले जानकारी दिए ।
उनका अनुसार आयोगको सोमबार बसेको बैठकबाट अन्तिम मतदाता नामावली स्वीकृति गरी वेबसाइटमा प्रकाशन गरिएको हो । स्वीकृत मतदाता नामावली बमोजिम मङ्सिर १५ गतेसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिहरू मध्ये महिला मतदाता ८९ लाख ३ हजार १९७, पुरुष मतदाता ९२ लाख २५ हजार ४४८ र अन्य मतदाता १८७ गरी कूल १ करोड ८१ लाख २८ हजार ८३२ मतदाताको नाम अन्तिम मतदाता नामावलीमा समावेश भएको उनले बताए ।
प्रदेशगत रुपमा सबैभन्दा बढी मतदाता बागमती प्रदेशमा रहेका छन् भने सबैभन्दा कम मतदाता कर्णाली प्रदेशमा रहेका छन् ।
त्यसैगरी जिल्लागत रुपमा सबैभन्दा बढी मतदाता मोरङ जिल्लामा र सबैभन्दा कम मतदाता मनाङ जिल्लामा छन् ।
मङ्सिर १६ गते ४४ पदका लागि उपनिर्वाचन हुँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण