१२ औँ महाधिवेशनको तयारीमा जुट्यो नेविसंघ
काठमाडौँ । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) १२औँ महाधिवेशनको तयारीमा जुटेको छ । पार्टी सभापति शेरबहादुर देउवाले आगामी चैतभित्र महाधिवेशन गर्न निर्देशन दिएका थिए । सोही आधारमा पार्टी सहमहामन्त्री किशोरसिंह राठौरको संयोजकत्वमा तीन सदस्यीय केन्द्रीय निर्देशन समिति गठन गरिएको थियो ।
निर्देशन समितिको समन्वयमा नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले एक विधान संशोधन एवं परिमार्जन समिति गठन गरेका छन् । तोकिएकै समयभित्र महाधिवेशन सम्पन्न गर्न नेविसंघ केन्द्रीय सदस्य नगेन्द्र प्रसाद आचार्य (एन.पि) को संयोजकत्वमा ३ सदस्यीय विधान संशोधन एवं परिमार्जन समिति गठन गरेका हुन् ।
समितिमा सदस्यमा विवेक लिम्बू, राजेश कुमार श्रेष्ठ, इ। सुनिल शाही र मञ्जु विश्वकर्मा रहेका छन् । विधान समिति गठन भएसँगै लामो समयदेखि हुन नसकेको महाधिवेशन समयमै सम्पन्न हुने नेविसंघ नेता कार्यकर्ताले विश्वास लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण