लागुऔषधसहित भक्तपुरबाट मेडिकल सञ्चालक पक्राउ
मङ्गलबार, २७ कात्तिक २०८१, १२ : ०१

भक्तपुर । भक्तपुरबाट लागुऔषधसहित एक जना मेडिकल व्यवसायी पक्राउ परेका छन् । मध्यपुर ठिमी नगरपालिका–६ मा रहेको राज मेडिकलका सञ्चालक ३६ वर्षीय राजनारायण साहलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेका अनुसार मेडिकलमा लागुऔषध बिक्री वितरण हुन्छ भन्ने गोप्य सूचनाका आधारमा प्रहरी वृत्त ठिमीबाट खटिएको टोलीलाई उनलाई पक्राउ गरेको थियो । मेडिकलमा चेकजाँच गर्दा विभिन्न चार प्रकारका लागुऔषध फेला परेको नेउपानको भनाई छ ।
रौतहटको देवाही गोनाही नगरपालिका–३ घर भएका साहलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त ठिमीबाट थप अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन