घट्यो सुन-चाँदीको मूल्य, कतिमा भइरहेछ कारोबार ?
मङ्गलबार, २७ कात्तिक २०८१, १२ : ०६
काठमाडौँ । आज सुन र चाँदी दुवैको मूल्य घटेको छ । मंगलबार सुन प्रतितोला दुई हजार ४०० रुपैयाँ र चाँदी तोलामा ३० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन यस्तो मूल्य १ लाख ६५ हजार रुपैयाँ थियो ।
त्यस्तै, चाँदी प्रतितोला ३० रुपैयाँले घटेको छ । आजका लागि चाँदीको मूल्य प्रतितोला १ हजार ९२५ रुपैयाँ तोकिएको छ । सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार ९५५ रुपैयाँ थियो ।
पछिल्लो तीन दिनदेखि सुनको भाउ निरन्तर घट्दै गइरहेको छ । अमेरिकी डलर बलियो बन्दै गर्दा पछिल्ला केही दिनदेखि सुनको भाउमा गिरावट आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण