प्रदेश
मनाङेको पद खारेजीको सूचना टाँस्न सर्वोच्चको पत्र कुर्दै सभामुख
मङ्गलबार, २७ कात्तिक २०८१, १५ : ३१

पोखरा । गण्डकी प्रदेशका सांसद तथा पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) कारागार चलान भएका छन् । मंगलबार बिहान काठमाडौँबाट पक्राउ परेका उनलाई कारागार पठाइएको हो ।
मनाङेलाई कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतले दोषी ठहर गरी ५ वर्ष कैद सुनाएको छ । २०६९ मा पाटन अदालतले गरेको फैसलालाई नै सर्वोच्चले सदर गरेको हो ।
मनाङे दोषी ठहर भएर कारागार गइसक्दा समेत सर्वोच्चले प्रदेश सभालाई फैसलाको जानकारी पठाएको छैन । जसका कारण उनको सांसद पद कायम छ ।
सभामुख कृष्ण धितालले सर्वोच्चको पत्र बिना केही गर्न नमिल्ने बताए । ‘संसद्लाई जानकारी हुनुपर्छ । औपचारिक जानकारीपछि एक्सनमा जान्छौँ,’ उनले भने, ‘पत्र पाएपछि सूचना टाँस्छौँ ।’ २० गते मनाङेविरुद्ध फैसला भएको थियो । तर पूर्ण पाठ सार्वजनिक भइसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नरसिंहाः अवतार’ को ‘मेरी प्यारी छोरी’ गीतमा राजेश र एल्भिनाको आत्मियता
-
उच्च अदालत पोखराले पठायो रविलाई पेसीको जानकारी
-
कांग्रेस सभापति देउवा र माओवादी नेता शर्माबिच भेटवार्ता
-
एअरफोनको प्रयोग : बहिरोपनाको खतरा !
-
बलिउड अभिनेत्री फतेहीको २३ सदस्यीय टोली नेपाल आइपुग्यो
-
आठ महिनामै अरुणिमा र युवराजको सम्बन्ध विच्छेद