प्रदेश
मनाङेको पद खारेजीको सूचना टाँस्न सर्वोच्चको पत्र कुर्दै सभामुख
मङ्गलबार, २७ कात्तिक २०८१, १५ : ३१
पोखरा । गण्डकी प्रदेशका सांसद तथा पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) कारागार चलान भएका छन् । मंगलबार बिहान काठमाडौँबाट पक्राउ परेका उनलाई कारागार पठाइएको हो ।
मनाङेलाई कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतले दोषी ठहर गरी ५ वर्ष कैद सुनाएको छ । २०६९ मा पाटन अदालतले गरेको फैसलालाई नै सर्वोच्चले सदर गरेको हो ।
मनाङे दोषी ठहर भएर कारागार गइसक्दा समेत सर्वोच्चले प्रदेश सभालाई फैसलाको जानकारी पठाएको छैन । जसका कारण उनको सांसद पद कायम छ ।
सभामुख कृष्ण धितालले सर्वोच्चको पत्र बिना केही गर्न नमिल्ने बताए । ‘संसद्लाई जानकारी हुनुपर्छ । औपचारिक जानकारीपछि एक्सनमा जान्छौँ,’ उनले भने, ‘पत्र पाएपछि सूचना टाँस्छौँ ।’ २० गते मनाङेविरुद्ध फैसला भएको थियो । तर पूर्ण पाठ सार्वजनिक भइसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुम्बासीका पीडाः सरकारले हेरेजस्तो गर्छ अनि हेप्छ
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण