भारतीय स्थल सेनाध्यक्ष द्विवेदी नेपाल भ्रमणमा आउँदै
काठमाडौँ । भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी नेपाल भ्रमणमा आउने भएका छन् । प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा सेनाध्यक्ष द्विवेदी पाँच दिने नेपाल भ्रमणमा आउने भएका हुन् ।
उनले मङ्सिर ५ गतेदेखि मङ्सिर ९ गतेसम्म नेपाल भ्रमण गर्ने नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जानकारी दिएको छ । भ्रमणका दौरानमा सेनाध्यक्ष द्विवेदीले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जङ्गी अड्डामा सम्मान गारत निरीक्षण, प्रधानसेनापति सिग्देलसँग भेटघाट, कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरूसँग अन्तरक्रिया र पश्चिम पृतना हेडक्वार्टरको भ्रमण गर्ने कार्यक्रम रहेको जङ्गी अड्डाद्वारा बुधवार जारी विज्ञप्तिमा जनाइएको छ ।
सोही बिचमा जनरल द्विवेदीलाई राष्ट्रपति रामचन्द्र पौडेलले मङ्सिर ६ गते एक विशेष समारोहका बिच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान कार्यक्रम समेत रहेको जनाइएको छ । भ्रमणका दौरानमा उनले प्रधानमन्त्री केपी शर्मा ओली र रक्षामन्त्री मानवीर राईसँग औपचारिक भेटघाट गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण