धनराज गुरुङको ‘बयान कागज’ : डिभोर्स किर्ते गरेको होइन

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफ्नो प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा पत्नीसँगको डिभोर्सबारे पनि प्रष्टीकरण दिएका छन् । मितेरी सहकारी ठगीबारे उनको संलग्ता रहेको र सम्बन्ध विच्छेद नै किर्ते गरेको बारे प्रश्न उठिरहेको बारे उनले भनेका छन्,‘ मैले कानुनी रूपमा डिभोर्स पनि गरेको हुँ । किर्ते गरेको होइन ।’
गुरुङलाई केन्द्रीय अनुसन्धान ब्युरोमा बोलाएर घटना विवरण कागज गराएको सीआईबीका एसपी होविन्द्र बोगटीले रातोपाटीलाई बताए ।
ललितपुर महानगरपालिका वडा नम्बर–५ स्थित महालक्ष्मीस्थानमा सञ्चालित मितेरी बचतबाट छोरा विदेश पठाउने बेलामा १२ लाख रुपैयाँ ऋण लिएको उनले बताएका छन् । साधारण सदस्यको रूपमा ऋण लिएको उनले बताएका छन् । तर, डिभोर्सका बेला घर धितो राखेर लिएको ऋण तिर्ने र अरू दाबी नगर्ने सर्तमा पत्नीसँग छुट्टिएको उनले बताएका छन् । बयान कागज गर्दा उनले भनेका छन्, ‘त्यसैले मेरो भागमा परेको ८४ लाख रुपैयाँ तिरेँ, त्यसबाहेक सहकारीबाट ल्याएर अपचलन गरेको छैन ।’
अनुसन्धानलाई सहयोग गर्न आफू तयार रहेको उनले बताएका छन् । सहकारीले आफ्नो घर लिलाम गरेको उनले बताएका छन् । सम्बन्ध विच्छेदपछि पत्नी ज्योति गुरुङसँग भेट र बोलचाल भएको उनले बताएका छन् । अनुसन्धान अधिकृतहरूसँग गुरुङले मितेरी सहकारीले आफ्नो घर र परिवार क्षतविक्षत बनाएको बताएका छन् । उनले भनेका छन्, ‘मितेरी सहकारीले मेरो घर र इज्जत सबै खाइदियो ।’
मितेरी सहरकारीको सञ्चालक समेत रहकी उनकी पूर्वपत्नी ज्योति फरार भएकोबारे धनराजले भनेका छन्, ‘मैले पनि कहाँ छिन् भनेर बुझ्दा अमेरिकातिर भनेको सुनेको हुँ ।’
ज्योतिविरुद्ध इन्टरपोलबाट रेड नोटिस जारी भएको छ । २०६६ सालपछि पत्नीसँग सम्बन्ध बिग्रिएको गुरुङले प्रहरीसँग बताएका छन् । बयान कागजमा उनले भनेका छन्,‘उनी कहिले डिस्को जाने, बार जाने सुनेपछि विक्षिप्त भएको थिएँ, कहिले बैंकक, कहिले सिंगापुर जाने गरेपछि सम्बन्ध झन् बिग्रिएको थियो ।’
आफूले सम्बन्ध विच्छेद गर्न नचाहेपनि एक महिना माइतीमा बसेको बेला एक्कासी अदालतबाट पूर्जी आएको र सम्बन्ध विच्छेद गरेको उनले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असंलग्न परराष्ट्र नीतिको सान्दर्भिकताबारे चर्चा
-
जुम्लामा ट्रयाक्टर दुर्घटनाः एक जनाको मृत्यु, चार घाइते
-
सान फ्रान्सिस्कोबाट मुम्बई आइरहेको एयर इन्डियाको उडानमा खराबी, कोलकातामा ओरालियो यात्रु
-
काठमाडौँ महानगरमा मनसुन अवधिभर सडक तथा फुटपाथ खन्न रोक
-
मानिसहरूले तुरुन्तै तेहरान छोड्नुपर्छ: ट्रम्प
-
उपकुलपति छनोट : खुला प्रतिस्पर्धा कि सोझै सिफारिस ?