भक्तराजको जीवनीमा बनेको फिल्म ‘आचार्य’ युट्युबमा (भिडियोसहित)
बिहीबार, २९ कात्तिक २०८१, ११ : ४५
काठमाडौँ । स्वर्गीय भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा बनेको फिल्म ‘आचार्य’ युट्युबमा आएको छ । फिल्मलाई ओएसआर डिजिटलले आफ्नो युट्युब मार्फत सार्वजनिक गरेको हो ।
सन् २०११ मा पहिलो पटक रिलिज भएको फिल्म गत असारमा पुनः प्रदर्शनमा आएको थियो । आचार्यको निधनपछि उहाँका छोराहरू सत्यराज र स्वरूप राजले आचार्यप्रति ट्रिब्युटको रुपमा फिल्म पुनः हलमा प्रदर्शन गरेका थिए ।
फिल्ममा सत्यराजले भक्तराजको भूमिका निर्वाह गरेका छन् । सत्यराजको अलावा फिल्ममा सुनिल पोखरेल, अरुणा कार्की, दयाहाङ राई र विपिन कार्कीको समेत अभिनय छ । फिल्मको निर्देशन प्रशान्त रसाइलीले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण