नवराज अर्याल परिवारको जिम्मा जमानीमा रिहा
काठमाडौँ । आफूलाई निर्मला पन्त हत्या प्रकरणको प्रत्यक्षदर्शी बताउने नवराज अर्याललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले छाडेको छ । उनले दिएको टेलिभिजन अन्तर्वार्ताबारे सोधपुछ गरेर परिवारलाई जिम्मा लगाइएको ब्युरोका एसपी होविन्द्र बोगटीले रातोपाटीलाई बताए ।
अर्याललाई उनकी छोरीले जिम्मा लिएकी हुन् । करारको जागिरबाट २०७७ मा लाइसेन्सको कारण बर्खास्त गरेपछि उनि विचलित भएको अनुसन्धान अधिकृतहरू बताउँछन् । अर्याल तत्कालीन खानेपानी मन्त्री बिना मगरको चालक थिए ।
अर्यालले कञ्चनपुरमा निर्मला पन्तको बलात्कार र हत्या भएको आफूले प्रत्यक्ष देखेको पत्रकार ऋषि धमलासँगको टेलिभिजन अन्तर्वार्तामा जिकिर गरेका छन् । तर, उनको दाबी पुष्टि नभएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता (एसपी) होविन्द्र बोगटीले रातोपाटीलाई बताए ।
उनले भने, ‘अर्यालको भनाई कतैबाट पनि पुष्टि हुँदैन, उनले मिडिया देखेर त्यस्तो कुरा बोलेको हामीसँग बताएका छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण