सामाजिक सञ्जालबाट अर्काको चरित्र हत्या गर्ने महिला साइबर ब्युरोको फन्दामा
बिहीबार, २९ कात्तिक २०८१, १५ : ५८
काठमाडौँ । सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको अभियोगमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १३ स्थायी ठेगाना भएकी कुमारी जानकी बोगटी रहेको नेपाल प्रहरीले साइबर ब्युरोले जनाएको छ ।
सामाजिक सञ्जालमा चरित्र हत्या हुने अभिव्यक्तिहरू प्रसारण गरी चरित्रमा निर्मम आघात पुऱ्याएको साथै सामाजिक जीवनमा गम्भीर असर पुऱ्याउने कार्य गर्ने उजुरी प्राप्त भएसँगै अनुसन्धानका क्रममा बोगटीको संलग्नता खुलेपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतको सहयोगमा उनलाई सुर्खेतबाट पक्राउ गरिएको ब्युरोले जनाएको छ ।
उनलाई जिल्ला अदालत काठमाडौँबाट साइबर अपराधमा ५ दिन म्याद गरेर आवश्यक अनुसन्धान कार्य भइरहेको ब्युरोले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल दलित सङ्घको अध्यक्षमा विपेन्द्र रामुदामु नियुक्त
-
फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ
-
इन्स्पेक्टर सन्तोष खड्का उत्कृष्ट प्रहरी घोषित
-
१० बजे १० समाचार : ‘प्रदेश सरकारहरूको बजेट’देखि ‘११४ जनाको शैक्षिक प्रमाणपत्रमाथि एक साथ छानबिन’सम्म
-
रास्वपा महाधिवेशन : सात हजार भन्दा बढी कुर्सी अट्ने बाँसको ‘डोम’ बनाइँदै
-
मेडिकल र डेन्टलका इन्टर्न चिकित्सकको भत्ता समान बनाउन चिकित्सा शिक्षा आयोगको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण