ग्राहक संरक्षणमा केन्द्रीय बैंकले विशेष ध्यान दिएको छ : गभर्नर अधिकारी
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ग्राहक संरक्षणमा केन्द्रीय बैंकले विशेष ध्यान दिएको बताएका छन् । नेपाल बैंक लिमिटेडको ८८ औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले ग्राहक संरक्षणका लागि छुट्टै मेकानिजम समेत बनाउन लागेको बताएका हुन् ।
गभर्नर अधिकारीले ग्राहकहरूलाई बैंकबाट हुने अनावश्यक दबाबको नियमन गर्नका लागि सूक्ष्म निगरानी गरिने धारणा राखे । उनले सबै बैंकले एउटै नियमनभित्र बसेर प्रतिस्पर्धात्मक सेवा प्रवाह गरुन् भन्ने नीति राष्ट्र बैंकको रहेकाले नेपाल बैंकमाथि पनि अरू निजी बैंकभन्दा फरक दृष्टिकोण नबनाउने स्पष्ट पारे ।
गभर्नर अधिकारीले बैंकको उद्देश्य प्राप्तिका लागि आफ्ना कर्मचारीलाई सन्तुष्ट पार्नसक्नुपर्ने र कर्मचारीसँग पनि सन्तुष्ट ग्राहक हुन जरुरी रहेको धारणा राखे । त्यस्तै उनले उत्पादन क्षेत्रमा लगानी केन्द्रित गर्न सुझाव समेत दिए ।
वार्षिकोत्सवका अवसरमा बैंकले केहि कर्मचारीलाई सम्मान र पुरस्कृत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण