जब सांसदले विधेयक च्यातेर संसद्मै 'हाका नाच्न' थाल्छन्...
वेलिङटन । सदनमा जब २२ वर्षीया एक युवा सांसदले प्रस्तावित विधेयकमा असहमति राख्दै विधेयक च्यातेर संसद्मै आफ्नो परम्परागत 'हाका नृत्य' प्रस्तुत गर्न थाल्छिन्, त्यसपछि अन्य सांसद र ग्यालरीबाट समेत हाका नृत्य सुरू हुन्छ ।
हाकाको तालले संसद् गुञ्जायमान बन्छ । अहिले त्यही भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ, यो दृश्य हो न्यूजील्याण्डको संसद्को ।
बिहीबार जब सदनमा यहाँका आदिवासी माओरी समुदायको अधिकार खुम्च्याउने गरी १८४ वर्ष पुरानो सन्धि पुन: व्याख्यासहितको विधेयक प्रस्तुत हुन्छ, माओरी समुदायका सांसदहरूले उक्त विधेयकको विरोधमा संसद्मै आफ्नो परम्परागत हाका नृत्य प्रस्तुत गरेर विरोध गरे । र, सदन अवरुद्ध पारे ।'

अहिले संसद्को त्यही दृश्व सामाजिक सञ्जालबाट विश्वभर भाइरल बनिरहेको हो । सन् १८४० मा ब्रिटिस क्राउन र आदिवासी माओरी अगुवाहरूबीच भएको सन्धिका आधारमा न्यूजील्याण्ड देश स्थापना भएको थियो ।
तर हाल आएर सत्तारुढ गठबन्धनले त्यही सन्धिमा भएका लिखतहरूको पुन: व्याख्या गर्ने र आदिवासी माओरी समुदायको अधिकारमा कटौती गर्ने गरी विधेयक प्रस्तुत गरेपछि न्यूजील्याण्डमा त्यसको विरोध हुँदै आएको छ ।
यहाँ कुल जनसंख्याको २० प्रतिशत हिस्सा ओगट्ने माओरीहरूले उक्त विधेयकको विरोध गर्दै आएका छन् । त्यसबारे संसद्मा यसअघि पनि विरोध हुँदै आएको थियो ।
तर बिहीबारको बैठकमा सभामुख जेरी ब्राउनलीले उक्त विधेयक भोटिङका लागि प्रस्तुत गर्ने कार्यसूची रहेको थियो ।
ब्राउनलीले विधेयकको पहिलो खण्ड प्रस्तुत गरिसकेपछि संसद्मा विपक्षमा रहेको माओरी पार्टीका सांसदहरूलाई विधेयकको पक्षमा मतदान गर्नेबारे सोधेका थिए । त्यसपछि संसद् बैठक अशान्त बनेको थियो ।

सभामुख ब्राउनलीको प्रश्न आउनेबित्तिकै माओरी पार्टीकी २२ वर्षीय युवा सांसद हाना रावहिती माइपी क्लार्कले प्रस्तावित विधेयक च्यातेर हाका नृत्य प्रस्तुत गर्न सुरू गरिन् । हाका आदिवासी माओरी समुदायको ऐतिहासिक सांस्कृतिक नृत्य हो ।
हानाले हाका नाच सुरू गर्नेबित्तिकै संसद्का अन्य सदस्यहरूले पनि नृत्य सुरू गर्छन् भने ग्यालरीबाट पनि हाका नृत्य सुरू हुन्छ ।
जबकि अहिले न्यूजील्याण्डमा गएको १० दिनदेखि उक्त विधेयकको विरोधमा विरोध प्रदर्शन भइरहेको छ । माओरी समुदायले भने आफूहरूमाथि हुँदै आएको अन्याय र अत्याचारको सम्बोधन हुने गरी कानून बनाउनुपर्ने माग गर्दै आएका छन् ।
राजनीतिक विश्लेषकहरूले भने हाल संसद्मा पुगेको विधेयक पारित भए न्यूजील्याण्डमा जातीय विभाजन सिर्जना हुने चेतावनी दिँदै आएका छन् । यद्यपि विधेयको पहिलो खण्ड भने बिहीबार नै सदनबाट पारित भइसकेको छ ।

माओरी सांसदहरूको विरोधका कारण बिहीबारको बैठक करिब आधा घण्टासम्म अवरुद्ध भएपनि ३० मिनेटको ब्रेकपछि भने सांसद मेपे क्लार्कलाई सदनबाट निलम्बन गरी गठबन्धन दलले विधेयक पारित गरेका थिए ।
तर विधेयक पारित भएर पूर्ण कार्यान्वयनमा आउने वा नआउनेबारे भने अन्योल छाएको छ । हालै प्रधानमन्त्री क्रिस्टोफर लक्सनले पनि उक्त विधेयकलाई विभाजनकारी भएको टिप्पणी गरेका छन् ।
१२३ सदस्यीय संसद्मा माओरी पार्टीबाट ६ जनामात्रै सांसद रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण