दोस्रो पटक पिता बने रोहित शर्मा
नयाँ दिल्ली । भारतीय क्रिकेट टिमका टेस्ट तथा एकदिवसीय कप्तान रोहित शर्मा दोस्रो पटक पिता बनेका छन् । मिडिया रिपोर्टका अनुसार उनकी पत्नी ऋतिका सजदेहले १५ नोभेम्बर राति अबेर छोरालाई जन्म दिएकी हुन् । तर, रोहित र ऋतिकाले भने यसको पुष्टि भने गरेका छैनन् ।
रोहितले सन्तानको जन्मका लागि भारतीय टोलीबाट ब्रेक लिएका थिए । उनी टोलीसँग अस्ट्रेलिया पनि पुगेका छैनन् । तर, छोराको जन्मपछि २२ नोभेम्बरबाट सुरु हुने पर्थ टेस्टमा उनले खेल्न सक्ने अनुमान गरिएको छ । रोहित केही दिनपछि अस्ट्रेलिया पुग्ने बताइएको छ ।
रोहितले १३ डिसेम्बर २०१५ मा ऋतिकासँग विवाह गरेका थिए । ३० डिसेम्बर २०१८ मा ऋतिकाले छोरी समाइरालाई जन्म दिइन् । समाइरा अहिले ५ वर्षकी भइसकेकी छिन् ।
उता भारतीय क्रिकेट टिमका ब्याट्सम्यान केएल राहुल पनि छिट्टै पिता बन्न लागेका छन् । उनले गत वर्ष जनवरीमा बलिउड अभिनेत्री आथिया शेट्टीसँग विवाह गरेका थिए । रिपोर्टका अनुसार राहुल जनवरी २०२५ मा पिता बन्न सक्नेछन् ।
यसै वर्षको जनवरीमा विराट कोहली पनि दोस्रो पटक बुवा बनेका थिए । उनकी श्रीमती अनुष्का शर्माले छोरा अकेलाई जन्म दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण