उपनिर्वाचन : यस्ता छन् एमालेका ४२ उम्मेदवार (सूची)
काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले स्थानीय तहको उपनिर्वाचनका लागि ४२ जना उम्मेदवारहरुको नाम टुंगो लगाएको छ । आगामी मंसिर १६ गते आइतबार स्थानीय तहको उपनिर्वाचन हुँदैछ ।
मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा तुल्सीराम विश्वासले टिकट पाएका छन् । त्यस्तै, दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा उमा लुंगेली मगर शेर्पा उम्मेदवार बन्ने भएकी छन् ।
यता, काठमाडौँको कीर्तिपुर नगरपालिकाबाट सुरेन्द्र मानन्धर उम्मेदवार बन्ने छन् । रुकुम पूर्वको पुथउत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा केशकुमारी तुलाचनले टिकट पाएकी छन् ।
त्यसै गरी दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष पदका लागि जंगबहादुर शाहीलाई टिकट दिइएको छ । जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा सुनिता बोहराले टिकट पाएकी छन् ।
उपनिर्वाचनका लागि आइतबार मनोनयन पत्र दर्ता हुँदैछ । बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुनेछ ।
हेर्नुहोस् सूची





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण