लागुऔषधसहित विभिन्न स्थानबाट तीन जना पक्राउ
शनिबार, ०१ मङ्सिर २०८१, १६ : ३१
काठमाडौँ । मोरङ रुपन्देही र कञ्चनपुरबाट लागुऔषधसहित नेपाल प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
- मोरङ, लेटाङ नगरपालिका-३ मिलन चोकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २१ वर्षीय श्याम लिम्बुलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
- रूपन्देही, सिद्धार्थनगर नगरपालिका-२ मेउडिहवा बस्ने ५२ वर्षीय राम केवटलाई अवैध लागुऔषध गाँजा करिब १ किलोग्राम सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मेउडेहवाबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।
- कञ्चनपुर, दोधारा चाँदनी नगरपालिका-७ कञ्चभोज पक्कीपुलस्थित सडकबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ८ सय मिलिग्राम सहित भिमदत्त नगरपालिका-१८ भगतपुर बस्ने २५ वर्षीय प्रतीक कुँवरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, लागुऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगर र इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको संयुक्त टोलीले सु.प.प्र.०२-००३ प ४६६२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण