डढेलोको खतराका कारण अस्ट्रेलियामा सहरहरू खाली गर्न आदेश
सिड्नी । दक्षिणपूर्वी अस्ट्रेलियाली सहरका बासिन्दाहरूलाई सम्भावित डढेलो (बुशफायर) को जेखिमका कारण वासस्थान खाली गर्न आदेश दिइएको छ । दक्षिणपूर्वी राज्य भिक्टोरियाका अधिकारीहरूले शनिबार अष्ट्रेलियाका पश्चिमी र दक्षिणपश्चिमी समुदायहरूका लागि आपतकालीन चेतावनी जारी गरेका छन् ।
अधिकारीहरुले चेतावनीमा जेखिम न्युनिकरणको सुरक्षित विकल्प निकासी भएको उल्लेख गर्दै अवस्था धेरै बिग्रन सक्ने र यहि बसेमा आपतकालीन सेवासमेत प्रवाह गर्न नसक्ने तथा गम्भीर चोटपटकसहित मृत्युको जोखिम हुन सक्ने जनाएका छन् ।
मौसम विज्ञान विभागले शनिबार दक्षिणी र पूर्वी अस्ट्रेलियाका धेरै भागमा विनाशकारी आगलागीको खतरा रहेको पूर्वानुमान गरेको छ । मेलबर्नबाट करिब एक सय किलोमिटर पश्चिममा रहेको सानो भिक्टोरियन सहर डेरेलमा लागेको आगोसँग लड्न २० वटा भन्दा बढी फायर ट्रकहरू तैनाथ गरिएको जनाइएको छ ।
अधिकारीहरूले शनिबार उत्तरपश्चिम भिक्टोरियामा आगो पूर्ण प्रतिबन्धको घोषणा गरी मुलुकभर सतर्कता अपनाउन सल्लाह दिएका छन् । भिक्टोरियाको धेरै भागमा भने भारी वर्षाको पूर्वानुमानका साथ आइतबार अवस्था सहज हुने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण