जनतासँग सहकार्य गरेर विकास निर्माणका काम गरौँ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विकास निर्माण कार्यलाई जनतासँग जोडेर अगाडि बढाउन निर्देशन दिएका छन् । आफू निर्वाचित भएको क्षेत्रमा भएका विकास निर्माण कार्यको आज अनुगमन गर्दै उनले जनतासँग जोडिएको विकास मात्र दिगो हुने भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने बताए ।
मुख्यमन्त्री कार्कीले झापाको कमल गाउँपालिका–३ सानो केर्खामा निर्माण हुन लागेको ‘चिल्ड्रेन पार्क’ निर्माणस्थलको निरीक्षण गरेका छन् । सो पार्क १२ कट्ठा जग्गामा निर्माण हुन लागेको हो । पार्क निर्माणस्थलको निरीक्षणपछि मुख्यमन्त्री कार्कीले सहरी विकास कार्यालय इलामका प्रमुख मिलन आचार्यलाई स्थानीयवासीको सहकार्यमा काम गर्न निर्देशन दिए ।
पार्कसम्म जानका लागि गत वर्ष पर्यटन मन्त्रालयको रु २५ लाख लागतमा ५८ मिटर लम्बाइ र साढे तीन मिटर चौडाइको सडकमा ब्लक लगाउने काम सम्पत्र भएको स्थानीय टिकाराम भण्डारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक बस्दै, सांसदले सोधेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने
-
विनयी खोलामा आएको बाढीले बस बगायो, यात्रु सकुशल
-
प्रहरी जवानमा थप ६७७ जनाका लागि भर्ना खुल्यो
-
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा आठ अर्ब ५२ करोड राजस्व सङ्कलन
-
कर्णाली प्रदेश : ११ महिनामा पुँजीगत बजेट एक तिहाइमात्र कार्यान्वयन
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल