माल्टामा घुम्ती सेवा शिविर सञ्चालन हुने
लिस्बन । राहदानीलगायतका कागजातसम्बन्धी समस्यामा परेका नेपाली नागरिकलाई सेवा दिन माल्टामा घुम्ती सेवा शिविर सञ्चालन हुने भएको छ । शिविर सञ्चालन गर्न राहदानी विभाग काठमाडौँ र स्पेनस्थित नेपाली दूतावासको संयुक्त टोली माल्टा जाने भएको छ ।
माल्टाको बिरकिरकरामा घुम्ती सेवा शिविर सञ्चालन गरेर राहदानी नवीकरण लगायतका कागजात प्रमाणीकरणसम्बन्धी कन्सुलर सेवा दिन टोली यही नोभेम्बर ३० तारिखमा माल्टा जाने दूतावासले जनाएको छ ।
राहदानी नवीकरण लगायतका कागजात प्रमाणीकरणसम्बन्धी समस्यामा परेका नेपालीलाई माल्टाबाटै सेवा प्रदान गर्ने उद्देश्यका साथ टोली पठाउन लागिएको स्पेनका लागि कार्यवाहक नेपाली राजदूत यज्ञराज पौड्यालले जानकारी दिए ।
टोलीले आगामी डिसेम्बर ४ तारिखसम्म माल्टामा रहेर विद्युतीय राहदानी (ई–पासपोर्ट) का लागि दरखास्त सङ्कलन गर्ने तथा कागजात प्रमाणीकरण लगायतका कन्सुलर सेवा दिने कार्यवाहक राजदूत पौड्यालले बताए । पाँच दिनसम्म चल्ने उक्त शिविरमा तीन कर्मचारी खटिने उनले बताए ।
टोलीले राहदानीको म्याद सकिसकेको, राहदानीको म्याद एक वर्षभन्दा कम भएको, क्षति भएको, हराएको र माल्टामै जन्मेका नेपाली बालबालिकाको नयाँ राहदानीका लागि दरखास्त सङ्कलन गर्ने तथा अन्य कन्सुलर सेवा प्रदान गर्ने जनाएको छ ।
विद्युतीय राहदानी (ई–पासपोर्ट) का लागि २५ नोभेम्बरभित्र अनलाइन आवेदन फारम भरिसक्न र शिविरबाट राहदानी नवीकरण लगायतका आवश्यक सेवा लिन आग्रह गरिएको छ । माल्टामा नेपाली दूतावास नभएका कारण विभाग र स्पेनस्थित नेपाली दूतावासको संयुक्त टोलीले त्यहाँ घुम्ती शिविर सञ्चालन गर्न लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण