‘डोरी’मा अञ्जनाको इन्ट्री
आइतबार, ०२ मङ्सिर २०८१, ११ : ५१
काठमाडौँ । छायांकनको तयारीमा रहेको फिल्म ‘डोरी’मा अभिनेत्री अञ्जना बराइली भित्रिएकी छन् । फिल्मको मुख्य भुमिका अभिनय गर्ने गरेर उनी फिल्ममा भित्रिएकी हुन् । फिल्ममा अञ्जना अनुबन्धित भएको निर्देशक अरुण लामाले बताए ।
अञ्जना अभिनित फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले अहिले बक्सअफिसमा सुनामी ल्याइरहेको छ । ‘महापुरुष’बाट अभिनयमा भित्रिएकी अञ्जनाले ‘पुजार सार्की’ समेत अभिनय गरेकी छन् ।
अञ्जनासँगै फिल्ममा अभिनेता प्रकाश घिमिरे, प्रवीण खतिवडा, शिशिर बाङ्गदेल, कविता आले, राज पौडेल, विशाल राई, मिलन राई, नूतन, र वीरेन्द्र सिंह कुशवाहा लगायतको अभिनय छ । हरर, थ्रिलर, एक्सन र कमेडीको मिश्रित हुने निर्देशक अरुण लामाले बताए ।
राजनराज सिवाकोटीको संगीत, सौरभ लामाको सिनेमाटोग्राफी, राजु तामाङको एक्सन रहने फिल्म सन् २०२५ रिलिज लक्ष्य राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण