नेपाल बैंकले मनायो ८८ औँ वार्षिकोत्सव
काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंकले आफ्नो ८८औँ वार्षिकोत्सव समारोह सम्पन्न गरेको छ । वि.सं.१९९४ साल कार्तिक ३० गते स्थापना भएको नेपाल बैंक लिमिटेड कार्तिक ३० गते आफ्नो ८७ औँ वर्ष पुरा गरी ८८ औँ वर्षमा प्रवेश गरेको हो ।
सो अवसरमा प्रधान कार्यालयको प्राङ्गणमा गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा वार्षिकोत्सव समारोह सम्पन्न भएको बैंकले जनाएको छ । उक्त समारोहको अध्यक्षता बैंकका सञ्चालक समिति अध्यक्ष डा. चन्द्र बहादुर अधिकारीले गरेका थिए ।
नेपालभर २२९ शाखाहरू, २०५ एटिएम मेसिन साथै ६० वटा एक्टेन्सन काउन्टर मार्फत करिब २५ लाख भन्दा बढी ग्राहकहरूलाई वित्तीय सेवा पुर्याइरहेको बैंकले हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधि मार्फत बैंकिङ सेवा सुविधा प्रदान गर्दै आएको जनाएको छ ।
यस्तै बैंकबाट करिब ९ लाख भन्दा बढी ग्राहकहरूले डिजिटल प्रविधि मार्फत बैंकिङ सेवा लिँदै आएका छन् भने विगत केही वर्ष यता बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्ति मार्फत नेपालभर बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण