रुसले युक्रेनमाथि हमला बढाएपछि पोल्याण्डको सेना ‘अलर्ट’ अवस्थामा
पोल्याण्ड । रुसले युक्रेनमाथि हवाई हमला बढाएको छ । युक्रेनको राजधानीमा रुसले लगातारजसो हवाई हमला गरिरहेको छ ।
रुसले युक्रेनमाथि हवाई हमला बढाएसँगै पोल्याण्डले आफ्नो सेनालाई ‘अलर्ट’ अवस्थामा राखेको छ । पोल्याण्डले आफ्नो वायुसेनालाई तयारी अवस्थामा रहन निर्देशन दिएको हो ।
सामाजिक सञ्जालमा गरिएको एउटा पोस्टमा पोल्याण्डको सशस्त्र बलको अपरेसनल कमाण्डरले पोल्याण्ड र उसका सहयोगी मुलुकका विमानले हवाई गस्ती गर्न थालेको जनाएका छन् ।
उक्त पोस्टमा लेखिएको छ, ‘पोल्याण्डले सबै सशस्त्र बल र संसाधनलाई सक्रिय तुल्याएको छ । लडाकु विमानलाई पनि ड्युटीमा तैनाथ गरिएको छ ।’
जमिनबाट मार हान्न सक्ने एयर डिफेन्स सिस्टम र राडारलाई पनि पोल्याण्डले तयारी अवस्थामा राखेको जनाइएको छ ।
रुसले पछिल्लो समय युक्रेनमाथि क्रुज र ब्यालिस्टिक क्षेप्यास्त्रका साथै ड्रोनबाट पनि हमला गरिरहेको छ । पोल्याण्ड युक्रेनको छिमेकी मुलुक हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण