बाइडेनद्वारा युक्रेनलाई रुसभित्र मिसाइलहरू प्रहार गर्न अनुमति

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसमाथि आक्रमण गर्नका लागि अमेरिकाले उपलब्ध गराएको लामो दुरीका क्षेप्यास्त्र प्रयोग गर्न युक्रेनलाई ग्रीन सिग्नल दिएका छन् । एक अमेरिकी अधिकारीले बीबीसीको अमेरिकी साझेदार सीबीएसलाई यो कदम अमेरिकी नीतिमा ठुलो परिवर्तन भएको पुष्टि गरेका हुन्।
महिनौँदेखि युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले एटीएसीएमएस भनेर चिनिने मिसाइलहरूमाथिको प्रतिबन्ध हटाउन आग्रह गर्दै आएका थिए । अब कीएभले आफ्नै सिमाना बाहिर मिसाइल प्रहार गर्न अनुमति पाएको छ।
आइतबार रिपोर्टहरूमा प्रतिक्रिया व्यक्त गर्दै उनले भने, "त्यस्ता चीजहरू घोषणा गरिँदैन, मिसाइलहरू आफैँ बोल्छन्।" रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसअघि पश्चिमी राष्ट्रहरूको यस्तो कदमको विरुद्धमा चेतावनी दिँदै यसले युक्रेन युद्धमा नेटो सैन्य गठबन्धनको "प्रत्यक्ष सहभागिता" लाई प्रतिनिधित्व गर्ने बताएका थिए।
बेलायत र फ्रान्सले बाइडेनको निर्णयप्रति प्रतिक्रिया जनाएका छैनन्। एटीएसीएमएस ३ सय किलोमिटर टाढासम्म पुग्न सक्छ । उच्च गतिको कारण तिनीहरूलाई अवरोध गर्न गाह्रो हुन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम संसदीय दलको विवाद समाधानका प्रचण्डले सांसदहरूलाई बोलाए खुमलटार
-
भारतमा थप पाकिस्तानी कलाकारको इन्टाग्राम खाता ब्लक
-
गौतमबुद्धको जन्ममितिकै आधारमा बुद्धजयन्ती मनाउनुपर्छ : डा.अञ्जान शाक्य
-
जम्मू कश्मीरमा सेनाको गाडी खोँचमा खस्यो, तीन सैनिकको मृत्यु
-
‘एल क्लासिको’ अघि बार्सासँग दुरी घटायो रियलले
-
तीनकुने घटना : रवीन्द्र मिश्रसहित २५ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति