राबियोट चम्किँदा इटालीलाई हराउँदै फ्रान्स शीर्ष स्थानमा
सान सिरो । एड्रियन राबियोटको दुई गोलको मद्दतले फ्रान्सले इटालीलाई उसैको घरेलु मैदानमा ३-१ गोलले हराएको छ । जितसँगै फ्रान्सले यूईएफए नेसन्स लिगको समूह ए२ को शीर्ष स्थानमा कब्जा जमाउन सफल भएको हो ।
खेलको दोस्रो मिनेटमा नै राबियोटले फ्रान्सलाई अग्रता दिलाएका थिए । ३३ औँ मिनेटमा लुकास डिग्नेको फ्रिकिक क्रसबारमा ठोक्किएर इटालीका गोलकिपर गुग्लिएल्मो भिकारियोलाई लाग्दै आत्मघाती गोल बन्न पुग्यो ।
यसको दुई मिनेटपछि नै एनड्रिया काम्बियासोले इटालीका लागि एक गोल फर्काए । यदि एक गोलको अन्तरले मात्र इटाली हारेको भए टोली शीर्ष स्थानमा रहने थियो । तर, ६५ औँ मिनेटमा राबियोटले डिग्नेको फ्रिकिकमा हेडरमार्फत गोल गर्दै टोलीलाई ३-१ को जित दिलाए ।
राबियोट र डिग्ने दुबैको राष्ट्रिय टोलीका लागि ५० औँ खेल थियो । म्यानेजर डिडिएर डेस्च्याम्प्सले किलियान एम्बाब्बेलाई भने टोलीमा समावेश नै गरेका थिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण