रोमानियाको लगातार पाँचौ जित
मङ्गलबार, ०४ मङ्सिर २०८१, ०५ : २२
एजेन्सी । युईएफए नेसन्स लिगमा रोमानियाले लगातार पाँचौ जित निकालेको छ । घरेलु मैदानमा सोमबार राती रोमानियाले आफ्नो पाँचौ खेलमा साइप्रसविरुद्ध ४-१ गोल अन्तरको जित निकालेको हो ।
लिग सी अन्तर्गतको ग्रुप २ मा रहेको रोमानियाका लागि एनिएल विर्लिगियाले खेल सुरु भएको २ मिनेट मै गोल गरे । पहिलो आधी (हाफ)अघि ४२औं मिनेटमा एज्भान मारिनले एक गोल थपे । दोस्रो आधी (हाफ)सुरु भएपछि ५२ औं मिनेटमा लोएन्निस पिट्टासले गोल फर्काएपछि साइप्रस १० जनामा सिमित भएको थियो ।
त्यसपछि दबाबमा आएको पाहुना टोलीले ८० र ८३ औं मिनेटमा थप दुई गोल खायो । शीर्ष स्थानमा रहेको रोमानियाले १५ अंक जोड्दा समान खेलबाट १२ अंक जोडेको कोसोभो दोस्रो स्थानमा छ । तेस्रो स्थानको साइप्रसको खतरा टरेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण