लरेन्स बिश्नोईका भाइ अनमोल पक्राउ परेको खबरमा अमेरिकाले के भन्यो ?
वासिङ्टन डीसी । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले भारतीय ग्याङ्गस्टर लरेन्स बिश्नोईका भाइ अनमोल बिश्नोई अमेरिकामा थुनामा परेको र कैयौँ आपराधिक मुद्दामा पक्राउ परेको खबरप्रति प्रतिक्रिया जनाएका छन् ।
मिडिया रिपोर्टमा एफबीआई अधिकारीहरूसँग भारतीय सुरक्षा अधिकारीहरूले अनमोल बिश्नोईको सुपुर्दगीको बारेमा छलफल गरिरहेको खबर आएको थियो । यसैबारे म्याथ्यु मिलरलाई सोधिएको थियो । यो गृह राज्य सुरक्षा विभाग र एफबीआईको काम हो, राज्य विभागको होइन भनेर यसको जवाफमा मिलरले भनेका थिए ।
बाबा सिद्धिकीको हत्या र अभिनेता सलमान खानको घर बाहिर गोली हानाहानलगायत कैयौँ मुद्दाका आरोपी अनमोल बिश्नोईलाई अमेरिकाको अध्यागमन विभागले गत हप्ता क्यालिफोर्नियामा हिरासतमा लिएको भनने खबर आएको थियो । गत अक्टोबर १२ मा मुम्बईको बान्द्रा ईस्टमा बाबा सिद्दिकीका गोली हानेर हत्या भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण