शान्ति सुरक्षासँगै अनुशासन कायम गराउन आवश्यक छ–गृहमन्त्री लेखक
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले देशमा शान्ति सुरक्षासँगै अनुशासन कायम गराउन आवश्यक भएको बताएका छन् । कैलालीको धनगढीमा आयोजित सुरक्षा गोष्ठीमा उनले भने, ‘मुलुकको पहिलो आवश्यकता शान्ति स्थापना गराउनु भएपनि अनुशासन पनि कायम गराउन जरुरी छ ।’
मंगलबारबाट धनगढीमा प्रदेश स्तरीय गोष्ठी सुरु भएको छ । मन्त्री लेखकले मङ्सिर १६ मा हुने स्थानीय तह उप निर्वाचनलाई निष्पक्ष र शान्तिपूर्ण तरिकाले सम्पन्न गराउने वातावरण बनाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन् । उनले भने, ‘लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हो, यसको रक्षा र सुदृढीकरण हामी सबैको दायित्व हो ।’
लोकतन्त्र मर्यादित व्यवस्था भएको हुनाले लोकतन्त्रमा अनुशासन अनिवार्य रहेको उनले बताए । गृहमन्त्रीले सीमा नाकामा हुने राजस्व चुहावट, लागुऔषध नियन्त्रण, आत्महत्या, विपद् र सवारी दुर्घटना नियन्त्रणमा गम्भीर भएर काम गर्न निर्देशन दिएका छन् । सुरक्षा अधिकृतहरूलाई उनले भने, ‘अहिले गरिरहेको कामले मात्र पुगेन, थप सक्रिय भएर काम गर्नुस् ।’ सुरक्षा गोष्ठीमा सुदूर पश्चिमा ९ जिल्लाका सुरक्षा प्रमुखहरू, प्रमुख जिल्ला अधिकारीहरू, गृह मन्त्रालय सचिव र तीनवटै सुरक्षा निकायका प्रमुखहरू सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण