कामै गरेपनि धेरै बेर एकै ठाउँ बस्दा मुटुको रोग लाग्ने
काठमाडौं । दिनभरि डेस्कमै बसिरहँदा मुटुको रोगको उच्च जोखिममा परिन्छ । नयाँ अध्ययनका अनुसार फुर्सदको समयमा वर्कआउट नै गरेपनि यसरी दिनभर बस्दा मुटुको रोग लाग्ने खतरा रहन्छ । आफूले फेला पारेका तथ्यहरूले शारीरिक रुपमा सक्रिय भए वा नभएपनि अत्यधिक बसाई सकेसम्म टार्नु पर्छ भन्ने मै जोड दिएको अध्यनका लेखक बोष्टनको ब्रिघम एन्ड वुमन्ज हस्पिटलमा कार्डियोलोजिष्ट डा. एजिम अजुफोले भनेका छन् ।
धेरैबेर बस्नु स्वास्थ्यको लागि राम्रो हुन्न भन्ने बुझाई सबैमा पाइन्छ । तर, यसका ठ्याक्कै जोखिमबारे बुझ्न भने थप अनुसन्धान गर्न आवश्यक रहेको र केलाई धेरै बसेको भन्नेबारे निर्देशिका तयार पार्नुु पर्नेमा कोलम्बिया युनिभर्सिटी मेडिकल सेन्टरको व्यवहारिक चिकित्सातर्फका सह-प्राध्यापक डा. केइथ डियाज जोड दिन्छन् । डियाज यो अध्ययनमा संलग्न भने थिएनन् ।
अध्ययनमा अनुसन्धानकर्ताहरूले झन्डै ९० हजार जनाको डेटा हेरेका थिए । अध्ययनले अधिक बेर बसेको भनेर कस्तो बसाईलाई गनिने भन्नेबारे पनि केही मार्ग प्रशस्त गर्न सकिने बताइएको छ । बस्नुको सट्टा उभिएर काम गर्ने त ? अहँ, हुँदै होइन भन्छन्, डियाज । उभिनु भनेको बस्नु होइन तर एकै ठाउँमा बस्दा मांशपेशी चल्न पाउँदैनन् र सुगर तथा लिपिड टुक्रिन पाउँदैन भन्ने उनको तर्क छ ।
दिनभर अफिसमा बसेर काम गर्नु पर्ने छ भने अफिस आउँदा/जाँदा हिड्ने, स-साना मिटिङ हिडिरहँदा भ्याउने, ट्रेडमिलमा दौडिने केही उपयोगी हुन सक्ने उनको धारणा छ । आफ्नो दैनिकमा आफू र आफ्नो तालिका सुहाउँने गरी हिडडुल वा चलिरहने काम राख्न जरुरी रहेको उनी बताउँछन् । एउटा टास्क सकिएपछि हरेक आधादेखि एक घन्टामा उठेर हिड्न पनि उनी सुझाउँछन् । दिनभरि बसिरहने अनि दिन सकिने बेलामा मज्जाले व्यायाम गरेर बसिरहँदा भएका समस्याहरू नउल्टिने अजुफो बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण