टिआरसीका दुई आयोगमा पदाधिकारी बन्न १५६ जनाले दिए आवेदन
काठमाडौँ । सङ्क्रमणकालीन न्याय सम्बन्धी दुई आयोगको पदाधिकारी बन्नका लागि १५६ जनाले आवेदन दिएका छन् । सरकारले गठन गरेको टिआरसी सर्च कमिटीको आवेदनका आधारमा हिजोसम्म १५६ जनाको आवेदन अनलाइन र भौतिक उपस्थिति गरी दर्ता भएको सर्च कमिटीका संयोजक ओमप्रकाश मिश्रले बताए ।
सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगका लागि भौतिक रूपमा उपस्थित भएर ८९, अनलाइनबाट २०, सङ्घ संस्थाबाट सहमतिमा २० र सहमतिपत्र नभई २७ जनाले तोकिएको मितिभित्र आवेदन दिएको मिश्रले बताए ।
उनका अनुसार अनलाइन र भौतिक रूपमा उपस्थित भएर व्यक्तिगत १८ जनाले दुई आयोगको अध्यक्षका लागि आवेदन दिएका छन् । त्यस्तै सङ्घ संस्थाको अनुमति नलिई ११ जना र २ जनाको सहमति लिएर आवेदन परेको उनले बताए ।
कुल १५६ जना मध्ये १२५ जनाले महिलासहित दुवै आयोगको सदस्यका लागि आवेदन दिएका छन् । अध्यक्ष मिश्रका अनुसार अब उनीहरूको नाम सार्वजनिक गरिन्छ । उक्त नाममा सार्वजनिक टिप्पणी लिएपछि सिफारिस समितिले काम अघि बढाउने उनले बताए ।
सरकारले लामो समयदेखि अलपत्र रहेको सङ्क्रमणकालीन न्याय सम्बन्धी प्रक्रिया टुङ्गाउनका लागि कानुन संशोधन गर्दै पदाधिकारी सिफारिस समिति गठन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण