कम्बोडिया जाने टोलीमा पाँचभन्दा बढी दलका १३ जना प्रतिनिधि छौँ : राजन भट्टराई
काठमाडौँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य राजन भट्टराईले आफू कम्बोडियामा हुने आइक्यापको १२ औं अधिवेशनमा भाग लिन त्यसतर्फ गएको बताएका छन् । बुधबार साँझ सामाजिक सञ्जालमार्फत नेता भट्टराईले सो कुराको जानकारी दिएका हुन् ।
उनले सो कार्यक्रममा भाग लिन नेपालका ५ भन्दा बढी दलका १३ जना प्रतिनिधि गएको समेत बताएका छन् । उनले भनेका छन् : ‘भ्रमको खेतीमा रमाउनेहरुलाई जानकारी होस् । कम्बोडियामा हुने आइक्यापको १२ औं महाधिवेशनमा भाग लिन नेपालका ५ भन्दा बढी दलका १३ जना जनप्रतिनिधि जाँदैछन् । थप केही भन्नुपर्छ ?’
अभियन्ता दुर्गा प्रसाईंले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री केपी शर्मा ओली लगायतका एमाले नेताहरुले कम्बोडियामा ३२ अर्ब लगानी गरिएको भन्ने कागजातसहितको भिडियो सार्वजनिक गरेपछि कम्बोडिया जान लागेका नेता भट्टराईका बारेमा समेत सामाजिक सञ्जालमा आलोचना भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण