विश्व बैंकको सहकार्यमा प्रादेशिक तथा स्थानीय तह सडक सुधार कार्यक्रम सुरु, १७ अर्ब १५ करोड लागत
काठमाडौँ । विश्व बैंक र नेपाल सरकारको संयुक्त पहलमा प्रादेशिक तथा स्थानीय तह सडक सुधार कार्यक्रमको पहिलो खण्ड कार्यान्वयन सुरु भएको छ ।
आजबाट सुरु भएको कार्यक्रमको लागत १७ अर्ब १५ करोड रुपैयाँ रहेको छ । यो कार्यक्रमले सडक सुधार र सुरक्षामा विशेष भूमिका खेल्ने दुवै पक्षले अपेक्षा गरेका छन् । तीन खण्डमा कार्यान्वयन गरिने यो कार्यक्रम कर्णाली, सुदूरपश्चिम र मधेश प्रदेशका विभिन्न स्थानमा लागू हुनेछ ।
प्रदेश र स्थानीय तहसँगको समन्वयमा यो कार्यक्रम सहरी विकास मन्त्रालयले कार्यान्वयन गर्नेछ । पहिलो खण्डमा १८० किलोमिटर सडकको स्तरोन्नति गरिने छ । यसमा १०० किलोमिटर सडक बाह्रै महिना सञ्चालन हुन योग्य बनाइनेछ । यसअन्तर्गत पर्ने पुलको मर्मत सम्भार, स्तरोन्नति तथा निर्माण पनि गरिने विश्व बैंकले जनाएको छ ।
विश्व बैंकको नेपाल, माल्दिभ्स र श्रीलंकाका क्षेत्रीय निर्देशक डेभिड सिस्लनले नेपाल सरकारसँग मिलेर सडक स्तरोन्नतिमा गरिने प्रगतिले लाखौँ नेपालीलाई लाभान्वित बनाउने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण