अमेरिकामा धोकाधडीको आरोपपछि रक्ताम्मे बन्यो अदानीको कम्पनीका सेयर

नयाँ दिल्ली । भारतीय अर्बपति व्यापारी गौतम अडानीमाथि अमेरिकामा धोकाधडीको आरोप लागेको छ । यस्तो आरोपपछि बिहीबारको कारोबारमा अदानी समूहको सेयर मूल्यमा उच्च कमी आएको छ । अदानी समूहका तीन कम्पनीको सेयर १५ प्रतिशतभन्दा बढीले घटेको छ ।
बम्बई स्टक एक्सचेन्ज (बएिसई)मा दिउँसो २ः३० बजे अदानी इनर्जी सोलुसन लिमिटेडको शेयर मूल्यमा सबैभन्दा धेरै १९ दशमलव ५ प्रतिशतको कमी देखिएको थियो । यसबाहेक अदानी इन्टरप्राइजेजको शेयर मूल्य १८ दशमलव ७६ प्रतिशतले घट्दा अदानी ग्रीन इनर्जीमा पनि १६ दशमलव ५६ प्रतिशतको कमी देखियो ।
त्यस्तैगरी, अदानी पोट्र्सको शेयर ११ दशमलव ९४ प्रतिशतले घटेको थियो । गौतम अडानीमाथि अमेरिकामा घुसखोरीको आरोप लागेको छ । अडानीमाथि अमेरिकामा रहेको आफ्नो एउटा कम्पनीको ठेक्का लिन २५ करोड डलर घुस दिएको र यो कुरा लुकाएको आरोप छ । तर, अदानी समूहले जारी गरेको विज्ञप्तिमा यी आरोपहरूलाई अस्वीकार गर्दै सबै कानुनी विकल्प खोजिने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपाधि छिनोफानोको मुखैमा नराम्ररी हार्यो एटलेटिको मड्रिड
-
सरकारले सगरमाथा दिवस साताव्यापी कार्यक्रम गरेर भव्य रूपमा मनाउने
-
मध्यराति काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा हावाहुरीसहितको वर्षा
-
१२ बजे, १२ समाचार : टेरामक्स प्रकरणमा ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दादेखि पेट्रोलियम पदार्थको मूल्य घट्योसम्म
-
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट चयन
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा