अमेरिकामा धोकाधडीको आरोपपछि रक्ताम्मे बन्यो अदानीको कम्पनीका सेयर
नयाँ दिल्ली । भारतीय अर्बपति व्यापारी गौतम अडानीमाथि अमेरिकामा धोकाधडीको आरोप लागेको छ । यस्तो आरोपपछि बिहीबारको कारोबारमा अदानी समूहको सेयर मूल्यमा उच्च कमी आएको छ । अदानी समूहका तीन कम्पनीको सेयर १५ प्रतिशतभन्दा बढीले घटेको छ ।
बम्बई स्टक एक्सचेन्ज (बएिसई)मा दिउँसो २ः३० बजे अदानी इनर्जी सोलुसन लिमिटेडको शेयर मूल्यमा सबैभन्दा धेरै १९ दशमलव ५ प्रतिशतको कमी देखिएको थियो । यसबाहेक अदानी इन्टरप्राइजेजको शेयर मूल्य १८ दशमलव ७६ प्रतिशतले घट्दा अदानी ग्रीन इनर्जीमा पनि १६ दशमलव ५६ प्रतिशतको कमी देखियो ।
त्यस्तैगरी, अदानी पोट्र्सको शेयर ११ दशमलव ९४ प्रतिशतले घटेको थियो । गौतम अडानीमाथि अमेरिकामा घुसखोरीको आरोप लागेको छ । अडानीमाथि अमेरिकामा रहेको आफ्नो एउटा कम्पनीको ठेक्का लिन २५ करोड डलर घुस दिएको र यो कुरा लुकाएको आरोप छ । तर, अदानी समूहले जारी गरेको विज्ञप्तिमा यी आरोपहरूलाई अस्वीकार गर्दै सबै कानुनी विकल्प खोजिने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण