आईक्यापको सभामा सहभागी हुन नेपालका को–को नेता पुगे कम्बोडिया ?
काठमाडौँ । एसियाली राजनीति पार्टीहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आईक्याप) को १२औं साधारण सभामा भाग लिनको लागि ३१ देशका ५४ राजनीतिक दलहरूबाट करिब २०० नेताहरू सहभागी हुने भएका छन् ।
कम्बोडियन पिपल्स पार्टी (सीपीपी)को आयोजना हुन गइरहेको साधारण सभामा सहभागी हुन नेताहरू कम्बोडियाको राजधानी नोमपेन्ह आइपुग्ने क्रम जारी रहेको नेकपा एकीकृत समाजवादीका विदेश विभाग सचिव डा.शङ्कर खतिवडाले जानकारी दिए । खतिवडाका अनुसार एसियाभन्दा बाहेक १५ वटा मुलुकबाट १६ वटा राजनीतिक दलका ४० जना नेताहरू र ३९ जना पर्यवेक्षकहरू सहभागी हुनेछन् ।
सम्मेलनमा नेपालबाट आठ राजनीतिक दलबाट १३ जना नेताहरू सहभागी हुनेछन् । सम्मेलनमा सहभागी हुनका लागि कम्बोडिया पुगेका खतिवडाले सभाको उद्देश्य ‘शान्ति र मेलमिलाप निर्माणमा राजनीतिक दलहरूको भूमिका’ भन्ने विषय रहेको जानकारी दिए ।
‘विश्वव्यापी शान्ति र स्थायित्वलाई प्रोत्साहित गर्दै भू–राजनीतिक र भू–आर्थिक चुनौतीहरूको सामना गर्नको लागि राजनीतिक दलहरूको बिचमा समझदारी कायम गर्नु हो । यसका लागि, यो अन्तर्राष्ट्रिय सम्मेलन विभिन्न राष्ट्रहरू र क्षेत्रीय साझेदारहरूसँग समन्वयात्मक प्रयासहरू बढाउन र द्वन्द्व रोकथामका लागि प्रभावकारी उपायहरू अपनाउन चाहन्छ । सम्मेलन अन्तर्राष्ट्रिय कानुन र शान्ति स्थापनामा आधारित सिद्धान्तहरूको समर्थन गर्दै, विभिन्न संस्कृतिहरू र विविधताहरूको सम्मान गर्दै आम रूपमा मेलमिलापको प्रक्रिया अघि बढाउन चाहन्छ’, उनले भने ।
साथै, यो सम्मेलनमा संयुक्त राष्ट्र सङ्घको दिगो विकास लक्ष्यहरू–२०३० को प्रगति सुनिश्चित गर्नको लागि आर्थिक असमानता, सामाजिक द्वन्द्व र अन्य चुनौतीहरूको समाधान गर्ने विषयमा पनि छलफल हुनेछ उनले जानकारी दिए ।
खतिवडाले सम्मेलनमा ‘शान्ति र मेलमिलाप प्रवर्द्धनका लागि सांस्कृतिक विविधता’ र ‘शान्ति कायम गर्न आजको डिजिटल दुनियाँमा सन्दर्भमा नक्कली समाचारहरू विरुद्ध कसरी लड्ने’ भन्ने विषयमा छुट्टाछुट्टै समानान्तर सेसनहरू सञ्चालन गरेर यस विषयमा गहिरो छलफल हुने बताए ।
नोभेम्बर २१ बाट सुरु हुने यो अन्तर्राष्ट्रिय सम्मेलन नोभेम्बर २३ मा नोम पेन्ह घोषणापत्र जारी गर्दै समापन हुने खतिवडाले बताए ।
नेपालबाट कुन दलबाट को–को सहभागी हुँदैछन् ?


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण