कृषि विकास रणनीति परिमार्जन हुँदैछ : कृषिमन्त्री अधिकारी
काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि विकास रणनीतिलाई समयानुकूल परिमार्जन गर्न थालिएको बताएका छन् ।
कृषि विकास रणनीति कार्यान्वयन समीक्षा र परिमार्जनका लागि बिहीबार काठमाडौँमा आयोजित अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले मुलुक संघीयतामा जानुअघि लागू गरिएको रणनीति अहिले परिमार्जन गर्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘संघीयता अघिको रणनीतिले हामीलाई काममा अवरोध गरेको छ । यसलाई तत्काल परिमार्जन गर्न आवश्यक छ । म त्यसमा लागेको छु ।’
२०७२ देखि लागू भएको कृषि विकास रणनीति हाल परिमार्जनको चरणमा रहेको छ । रणनीति परिमार्जनका लागि सातै प्रदेशका सरोकारवालाबिच छलफल गरी सुझाव लिइएको अधिकारीले बताए ।
जीविकोपार्जनका लागि कृषि कर्म गर्नेहरूलाई पनि व्यावसायिक कृषिमा ल्याउन सक्ने गरी रणनीति परिमार्जन आवश्यक रहेको मन्त्री अधिकारीले जोड दिए ।
कृषि क्षेत्रमा बजेट धेरै देखिए पनि अनुदान र मल खरिदमा धेरै खर्च हुने गरेकाले कृषिको समग्र विकासका लागि थप बजेट आवश्यक रहेको पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण